आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर बदली भएको छ । यसअघिको प्रणाली निष्क्रिय बनेसँगै शनिबारबाट अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रवेश हुँदा काठमाडौं उपत्यकासहित देशभर बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आगामी सोमबारसम्म बदली, वर्षा र हिमपातको आकलन गरिएको छ । ‘तराईमा बिहान बदली हुने, तर दिउँसो केही क्षण घाम लाग्ने हुन सक्छ, काठमाडौंमा धेरै घाम लाग्ने देखिँदैन,’ उनले भनिन्, ‘धेरै ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षा हुनेछ ।’

महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि बदली हुने र केही क्षण वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

सोमबारसम्म सुदूरश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमका धेरै भागमा हिमपातको आकलन गरिएको छ ।

सम्बन्धित समाचार