नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताए ।

नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको र विश्वव्यापी रूपमा जस्तै नेपालमा पनि डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।



ओमिक्रोन भेरिएन्टको संक्रमण गति तीव्र हुने भएकाले स्वास्थ्यका पूर्ण मापदण्ड पालना गर्न उनले आग्रह गरे । कोरोनाको लक्षण देखिएमा अनिवार्य रूपमा क्वरेण्टीनमा बस्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार