कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण भएपछि ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको संक्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

धेरैजसो कर्मचारीलाई संक्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको उनले बताए ।



महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार