नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना एक साताको लागि बन्द गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको चिडियाखाना प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक साताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिइन्।
चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने गरी यसअघि चिडियाखाना सञ्चालन गरिएको थियो।
