नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरेको छ। बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन्।
उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ। साथै खोप केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाइ छ ।
यस्तै बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
