दक्षिण अफ्रिकामा भेटियो नयाँ कोरोना भाइरस, ३ संक्रमितमध्ये १ जनाको ज्यान जान सक्ने

चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्। उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्। यो नयाँ कोरोना भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्यान जान सक्ने उनीहरूले बताएका छन्।

यद्यपि रूसी वैज्ञानिकहरूले निओ कोभ कोरोना भाइरस नयाँ नभएको दाबी गरेका छन्। उनीहरूले नयाँ कोरोना भाइरस अझै मानिसमा नफैलिएको बताएका छन्।



यो सार्स-कोभ-२ सँग मिल्दोजुल्दो छ, जसले मानिसमा कोरोना भाइरसको संक्रमण निम्त्याउँछ। दक्षिण अफ्रिकामा निओ कोभ चमेरोमा देखिएको छ र यो हालसम्म पशुपक्षीमा मात्र देखिएको छ।

सम्बन्धित समाचार