जेठमा स्थानीय निर्वाचन गर्ने गठबन्धनको निर्णयप्रति एमालेले दियो यस्तो प्रतिक्रिया

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताए ।

ज्ञवालीकाअनुसार निर्वाचन आयोगको निरन्तरको ताकेता, एमाले पार्टीलगायत विभिन्न दलहरुको खबरदारी, संविधानविद् र कानुन व्यवसायीहरुको ध्यानाकर्षण, राष्ट्रपतिबाट समेत भएको ध्यानाकर्षणको कारण गठबन्धन चुनाव गर्न र चुनावको विषयमा सकारात्मक ढंगले सोच्न बाध्य भएको छ ।

उनले चुनाव गराउन आवश्यक पर्ने कानुनी तथा प्रशासकीय व्यवस्थापनमा सघाउन एमालेको सकारात्मक भूमिका रहने बताए ।

सम्बन्धित समाचार