नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।

पश्चिमी वायुको प्रभावले आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
