काठमाडौँ महानगरपालिकाले माग्यो कर्मचारी

काठमाडौँ महानगरपालिकाले कर्मचारी माग गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले कर्मचारी माग गरेको हो ।

महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । जसमा महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।



इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ भने १८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

सम्बन्धित समाचार