यी ३० जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समिति सचिवालयको हिजो(सोमबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसचिवमा बढुवा हुने सिफारिसमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य रहॆक छन् ।



त्यस्तै, कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ, यज्ञराज जोशी, कुमार आचार्य, हिमालय बराल, कुमारबहादुर खड्का, खुमप्रसाद सुवेदी, शेषकान्त पौडेल, केशवप्रसाद अर्याल, जितेन्द्रजंग केसी, खगेन्द्र गिरि, दिनेश अधिकारी, बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी सिफारिसमा परेका छन् ।

हरिप्रसाद गौतम, सुदर्शनराज पण्डित, सरस्वती पौडेल, कमला ज्ञवाली, ऋषिकुमार दाहाल, राजुप्रसाद न्यौपाने, टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा परेका हुन् ।

सम्बन्धित समाचार