मन्त्री कार्की र सभामुख सापकोटालाई कालो झण्डा देखाएपछि…

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई र सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा मन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन् भने अनेरास्ववियु काभ्रेले सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।

मन्त्री कार्की चढेको गाडीको बाटो छेकेर अनेरास्ववियुका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको अनेरास्ववियुका एक कार्यकताले बताए । त्यस्तै सिन्धुपाल्चोक जाने क्रममा बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको छ ।



अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै अनेरास्ववियुले कालो झण्डा देखाएको हो ।

सम्बन्धित समाचार