निर्वाचन आयोगद्वारा जेठ ५ भित्र निर्वाचन गर्न प्रस्ताव

निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकार समक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ । आज (मंगलबार) दिउँसो ३ बजे हुने निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफलमा जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकार समक्ष प्रस्तुत गर्ने निर्णय गरेको हो ।

आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने भन्दै सो प्रस्ताव प्रस्तुत गर्न लागेको हो । निर्वाचनको मितिबारे प्रधानमन्त्रीसँग छलफल हुने आयोगका एक पदाधिकारीले बताए । यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए ।



त्यस्तै सत्तारुढ पाँचदलीय गठबन्धनले पनि जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्नुपर्ने बताएको थियो । आजको छलफलमा चुनावको मिति तय हुने देखिएको छ ।

सम्बन्धित समाचार