अर्जेन्टिना, ब्राजिल र उरुग्वे विजयी हुँदा इक्वेडर बराबरीमा रोकियो

कतारमा हुने फिफा विश्वकप-२०२२ छनोटमा अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाक लागि लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २९ औं मिनेटमा मार्टिनेजले गोल अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा गोल भएन र खेल अर्जेन्टिनाले १-० ले आफ्नो पक्षमा पार्यो ।



अर्जेन्टिना

अर्जेन्टिना १५ खेलमा ३५ अंक जोड्दै दोस्रो स्थानमा छ भने १७ अंक जोडेको कोलम्बिया सातौं स्थानमा रहेको छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भईसकेको छ । त्यसैगरी दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको अर्को खेलमा इक्वेडरले पेरुसँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीसँगै इक्वेडर १६ खेलमा २५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्को खेलमा ब्राजिलले पाराग्वेलेलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै ब्राजिल १५ खेलमा ३९ अंक जोड्दै शीर्ष स्थानमा छ भने १३ अंक जोडेको पाराग्वे नवौं स्थानमा रहेको छ । ब्राजिलले विश्वकपमा यसअघि नै प्रवेश गरिसकेको छ ।

इक्वेडर

यसैगरी बुधबार बिहानै भएको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्को खेलमा उरुग्वेले भेनेजुएलालाई ४-१ ले हराएको छ । जितसँगै उरुग्वे १६ खेलमा २२ अंक जोड्दै विश्वकप पुग्ने सम्भावना कायम रहेको छ भने १० अंक जोडेको भेनेजुएला पुछारमा रहेको छ ।

ब्राजिल

उरुग्वे

 

सम्बन्धित समाचार