नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमसीसी सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ, सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्या हुन् भन्दै टिप्पणी गरेका छन् । त्यस्तै उनले एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको बताएका छन् । ‘ हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।
बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’
गोकुल बाँस्कोटाको ट्विट
