सभामुखलाई महाभियोग लगाउने विषयमा यसो भने टोपबहादुर रायमाझीले

नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बताएका छन् । आज (बिहीबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले यस्तो बताएका हुन् ।

उनले भने ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौँ । उहाँ विधिसम्मत रुपमा चल्नुभएन । सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’ त्यस्तै रायमाझीले भने, ‘हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं । महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन ।’



उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे । सचिव रायमाझीले एमालेलाई चुनावमा गठबन्धन जरुरी नरहेको पनि बताए । नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै रायमाझीले पराजित हुने डरले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप समेत लगाए । रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको भन्दै सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले निर्णय गर्ने बताए ।

सम्बन्धित समाचार