नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम हुने दोहोर्याएका छन् । तर, उनले चुनाव जेठ ४ मै हुने कुरामा भने आशंका जनाएका छन् । विहीबार माओवादी केन्द्रको कर्णाली प्रदेश समितिको भर्चुअल बैठकलाई काठमाडौंबाट सम्बोधन गर्दै उनले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनबिना पारित नहुने बताएका छन् ।
आफूहरू चुनावसँग नडराएको भन्दै प्रचण्डले चुनावको तयारी गर्न निर्देशन समेत दिएका थिए। प्रचण्डले जेठमा चुनाव गर्नुपर्ने सुझाव गठबन्धनले दिएको र त्यही अनुसार निर्णय हुने बताएका थिए ।
प्रचण्डले जेठमै चुनाव गर्दा असोजमा निर्वाचित भएका जनप्रतिनिधिले मुद्दा हाल्न सक्ने र त्यसले केही प्रभावित हुने सक्ने आशंकासमेत गरेका थिए ।
