प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ? (नामावलीसहित)

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । आज (आइतबार) मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै १४ सदस्यीय मन्त्रिमण्डल बनाईएको छ ।

१४ सदस्यीय मन्त्रिमण्डलमा एक जना राज्यमन्त्री र १२ जना मन्त्री रहेका छन् । नयाँ मन्त्रीमा नेपाली कांग्रेसबाट प्रतापप्रकाश हाङगाम,ओम प्रकाश सरावगी, शेखर चन्द्र थापा रहेका छन् । हाङ्गामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र थापालाई वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।



त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री नियुक्त भएका छन् । राईलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे, खिनु लङ्वा लिम्बु र राजन राई मन्त्री नियुक्त भएका छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा, लिम्बूले पर्यटन तथा संस्कृति र राई सामाजिक विकास मन्त्री बनेका छन् ।

यसअघि इन्द्रबहादुर आङ, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री बनएका थिए । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णु तुम्बाहम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

नामावली

नामावली

सम्बन्धित समाचार