मृत अवस्थामा १४ जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा १४ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित हरि प्रसाद खतिवडाको गाई फार्मको टहरामा हाल यकिन नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय खगेन्द्र भट्टराई नाम गरेका व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै गुल्मी, मदाने गाउँपालिका-१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकै रहेको खग्रे खोलाको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मकवानपुर, इन्द्रसरोबर गाउँपालिका-५ स्थित मकवानपुर र काठमाडौंको सिमानामा पर्ने देउरालीडाँडामा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३४ वर्षीय प्रज्वल पोख्रेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी गोरखा, गोरखा नगरपालिका-४ फिनाम पन्थीस्वारा बस्ने ६० वर्षीया ठुली खन खवास घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यता बैतडी, दशरथचन्द नगरपालिका-२ सौरेनिगडा बस्ने ४५ वर्षीय मान सिंह रावत घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नेपाल विद्युत प्राधिकरण गोठालापानीमा करारमा कार्यरत रावत बिहीबार राति कार्यालयबाट घर फर्केकोमा घरमा नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

यसैगरी धनकुटा, महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव शुक्रबार फेला परेको छ । यता काठमाडौं, काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित खुम्बिला होटल नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल पण्डीत गाउँस्थित प्लटिङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापा, शिबसताक्षी नगरपालिका-१० माइखोला पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ५६ वर्षीय होम प्रसाद राई घर नजिकै बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत बुधबार जडिबुटि खोज्न भनि आफ्नै घरदेखि जंगलतर्फ हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस्तै तेह्रथुम, छथर गाउँपालिका-३ बासमेरी बस्ने ६४ वर्षीया फुलमाया सार्की घर नजिकै सामुदायीक जंगलमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान फाक्चामारा जान्छु भनी हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । उता संखुवासभा, पाचँखपन नगरपालिका-६ स्थित तिलबारीडाँडा जंगलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी सल्यान, शारदा नगरपालिका-८ मालडाँडा बस्ने ७३ वर्षीय तेज बहादुर कवर घर नजिकै गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत माघ १६ गते घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । यता लमजुङ, वेसीशहर नगरपालिका-११ ओडार बस्ने ४६ वर्षीय टेकनिधी तिवारी आफ्नै घर नजिक नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सप्तरी, सप्तकोशी नगरपालिका-१ पारोहाङग चौकस्थित निर्माणाधिन घरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार