देउवा, प्रचण्ड र ओलीबीचको भेटवार्ता सम्पन्न, के भयो सहमति ?

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज ओली र प्रचण्डसँग छलफल गरेका हुन् । छलफलमा एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी थिए।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गर्न प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राखेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए । जवाफमा ओलीले पहिले संसद् चल्ने वातावरण बनाएर सम्झौता संसदमा पेस गर्न आग्रह गर्दै त्यसपछि मात्रै एमालेले धारणा बनाउने बताएका थिए । एमसीसीको बारेमा सत्ता पक्षकै दलहरू विभाजित भएको विषयमा एमालेको धारणा माग्नु नै गलत हुने ओलीको भनाइ थियो ।



यस्तै माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई अहिले थाँती राखेर चुनावपछि मात्रै यसलाई अघि बढाउने गरी प्रस्ताव गर्नुपर्ने धारणा राखेको पोखरेलले बताए।

सम्बन्धित समाचार