नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीको मुख्यालयलाई लेखेको पत्र बाहिरिएपछि प्रचण्डको सचिवालयले प्रष्टीकरण दिएको छ।
एमसिसी मुख्यालयलाई लेखिएको पत्र र त्यसबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति प्रचण्डको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार विज्ञप्ति जारी गरी प्रचण्डको सचिवालयले राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ नभएको स्पष्ट पारेको छ।

