देउवा र प्रचण्डले एमसीसी पत्र लेखेको सार्वजनिक भएपछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग अनुदान सम्झौता (एमसीसी) धेरै गिजोलिएको भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन्। अध्यक्ष भट्टराईले भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवादका कुरा गर्नेले एमसीसी गिजोलिएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र पठाएको समाचारहरु बाहिरपछि भट्टराईले यस्तो बताएका हुन्।

प्रचण्डप्रति लक्षित गर्दै उनले दुई जिब्रे प्रवृत्ति देखाएको आरोप लगाएका छन्। ‘भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन’ उनले भनेका छन्।

सामाजिक सञ्जालमा अध्यक्ष भट्टराईले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन। MCC जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’

सम्बन्धित समाचार