नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

सरकारले आज निर्वाचन मिति घोषणाको तयारी गरेको छ । आज बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः आज बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने एक मन्त्रीले बताए ।
उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्छ । सम्भवतः बैठकले जेठ ४ गते चुनाव गर्नेबारे निर्णय गर्छ। ’ यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस गरेको थियो।
हिनो प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि जेठ ४ मा नै स्थानीय निर्वाचन गर्ने समझदारी बनेको बताइन्छ ।

