खुकुरी प्रहार गरी २ जनाको हत्या

सिन्धुपाल्चोकमा बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङ खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी दुई जनाको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको मृत्यु भएको छ । घटनाको अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिएका छन् ।



घटनाको विषयमा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

 

सम्बन्धित समाचार