नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रहेकोमा सोमबार रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० रहेकामा सोमबार प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै रु एक हजार २६० कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २५५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।