नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुबन नगरपालिका-४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया बारबर्दिया नगरपालिका-१ स्थित जनशान्ति सामुदायिक वनमा प्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
