नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारको निर्णय उपयुक्त रहेको बताएका छन् । आज (मंगलबार) एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त र संविधानको मर्म अनुरूप रहेको बताएका छन् । त्यस्तै उनले स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका पनि हटेको टिप्पणी गरे । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
थापाले ट्विटरमा लेखेका छन् , वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’
गगन थापाको ट्विट :

