प्रतिनिधिसभाको बैठक भोलि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (सूचनासहित)

प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दैछ । पटक-पटक स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेको लागि बोलाइएको हो । गत माघ १६ गतेको लागि बोलाइएको बैठक संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको कारण स्थगित गरेको थियो ।

यस्तै भोलिको बैठकको लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यक्रमहरू समेत तय गरेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचनाजारी गर्दै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।



यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने भोलिको बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ ।’ एमालेले गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ ।

सूचना :

सूचना :

 

सम्बन्धित समाचार