मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले माघ २४ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा , स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णयलगायत निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली २०८ र डिजिटल प्रणालीबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय

बर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ हिमालय कृषि मार्फलाई केन्द्रमानेर वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय

निर्वाचन आयोगसँगको परामर्श बमोजिम स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ अनुसार २०७९ वैशाख ३० गते शुक्रबार एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने निर्णय

सिंगापुर इटालसीकाे रोम र रोमानिया बुखारेस्टमा कार्यरत अवैतनिक नेपालीमा वाणिज्य दूतहरुको अवधि थप गर्ने निर्णय

डिजिटल प्रणालीमाफर्त नाप, नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय

पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजनाका कार्यालय गोर्खाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोटको जिल्ला सडक सीमा भित्र परेको तीन वटा घर, टहराको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १९९० को छैठौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघमा पेश गर्न अनुमति प्रदान गर्ने निर्णय

आगामी ४ र ५ गते नर्वेमा भर्च्यूअल माध्यमबाट हुने दोस्रो ग्लोबल डिसएबलिटी समिटमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत दिने निर्णय

फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय

राष्ट्रिय प्रशासण ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय

नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वतीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय

सम्बन्धित समाचार