नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटावार्ता भएको छ । ओली निवास बालकोटमा भएको भएको भेटवार्तामा एमसीसी, संसद् सुचारु गर्ने, स्थानीय निर्वाचनसहितका विषयमा छलफल भएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।
‘निचोड आउनेगरी हुने छलफल होइन । सामान्य रूपमा भएको छलफल हो । सबै सकारात्मक कुरा भएका छन्,’ उनले भने । भेटमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए ।
एमाले र कांग्रेसबीच सहकार्यको चर्चा चलिरहेको वेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

