आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी, बागमती तथा प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश १ का पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। पुनः वर्षा तथा हिमपात हुने भएकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ।

सम्बन्धित समाचार