कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। विहीबार बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको एक नेताले बताए।

बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ।

यसअघि हिजो बैठकले कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका विषयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो । आजको बैठकले सो एजेण्डालाई अन्तिम रुप दिनेछ ।

सम्बन्धित समाचार