नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

नेपाल प्रहरीका ७३४४ जना प्रहरी जवानहरुको सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ७३४४ जना प्रहरी जवानहरुको सरुवा गरेको हो ।
फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था सहित ७३४४ जना प्रहरी जवानहरुको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गरेको जनाएको छ ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई प्रहर प्रधान कार्यालयले सोही अनुसार ७३४४ प्रहरी जवानलाई अभिलेखमा जनाइदिन पनि अनुरोध गरेको छ ।
सूची :

