नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा पार्टी छाडेका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूले राप्रपा पार्टी परित्याग गरेको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दु:खी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’
राप्रपामा पौडेल कमल थापा निकट भनेर चिनिन्छन् । यसअघि राप्रपाका पूर्व अध्यक्ष कमल थापाले मंगलबार राप्रपा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

