हत्या गरेको आरोपमा महरा पक्राउ

हत्याको आरोपमा एक महिला पक्राउ परेकी छिन् । बैतडी दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई प्रहरीले हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

नारुले उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए ।



प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थियो । नारुले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार