नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिव सरुवाको निर्णय गरेका हुन् ।
मन्त्रालयको निर्णयअनुसार सबैभन्दा बढी १८ जना सहसचिव विभिन्न संघीय निकायबाट विभिन्न प्रादेशिक निकायमा पठाइएको छन् । सरुवा गर्दा ६ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव पनि जिम्मेवारीसहित प्रदेशमा पठाइएका छन् ।
मन्त्रालयमा अतिरिक्तमा रहेका क्रमसः बलराम निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशमा, देवेन्द्र लामिछानेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा, प्रेमराज गिरीको प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।
को कहाँ पुगे ?



