देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजेपछि शीर्ष नेताबीच छलफल भएको हो ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । उनीहरुबीच करिब १ घण्टा छलफल भएको स्रोतले बतायो ।छलफलमा अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।



तर प्रधानमन्त्री देउवाले भने एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए । एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । यसअघि आज बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेटवार्ता गरेका थिए । कोइरालासँग भेटवार्तापछि माधव नेपाल र प्रचण्ड बालुवाटार पुगेका थिए ।

सम्बन्धित समाचार