जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सर्लाही कबिलासी नगरपालिका-८ बस्ने २० वर्षीय पपु बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।



बैठाले ती किशोरीलाई हरिवन नगरपालिका-३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार