नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध भएको बताएका छन् ।
आज (शुक्रबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न नमिल्ने भन्दै टिप्पणी गरेका छन् । त्यस्तै उनले एमसीसी नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीत रहेको बताएका छन् । हाल नेपालमा एमसीसीको विषय उत्कर्षमा पुगेको छ जसले गर्दा सत्ता गठबन्धनमै मतभेद देखिएको छ र गठबन्धननै संकटमा परेको छ ।
भीम रावलले ट्विटरमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो। यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन।’
भीम रावलको ट्विट

