मतपत्र च्यातेर र बत्ती निभाएर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र च्यातेर र बत्ती निभाएर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार) शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘हामी कसैलाई निर्वाचनबाट भाग्न दिने छेनौ, मतपत्र च्यातेर र बत्ती निभाएर जित्ने सपना नदेखे हुन्छ’ ओलीले भने । त्यस्तै ओलीले सत्ता गठबन्धन भित्रै चुनाव हुन नदिने र रोक्न खोज्ने तत्वहरु रहेको बताएका छन् । ओलीले तोकिएकै मितिमा निर्वाचन गराउन सबैलाई सतर्क रहन आग्रह गर्दै चुनाव हुन नदिने षड्यन्त्रलाई असफल बनाएर बहुमत हासिल गर्ने दाबी गरे ।



ओलीले भने, ‘चुनाव हुन नदिने र चुनाव रोक्न खोज्ने गठबन्धनमा छन् ।’ त्यस्तै ओलीले एमालेको दबाबकै कारण सरकारले २०७९ वैशाख ३० गते एकेचरणमा गर्नेगरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको दाबी गरे । ओलीले स्थानीय, प्रदेश र संघको अब हुने निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । त्यसैगरी ओलीले माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पष्ट पार्दै एमाले एक्लै चुनाव लड्ने पनि बताए । ओलीले भने ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ ।’

सम्बन्धित समाचार