अमेरिकी सहायक विदेशमन्त्रीको चेतावनी र धम्कीको विषयमा यसो भने भीम रावलले

नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न चेतावनी र धम्की दिएको भन्दै त्यसबारे जनतालाई यथार्थ जानकारी गराउन गरेका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरि पास गर्न दबाब दिएको समाचारहरु आएपछि नेता रावलले शीर्ष नेताहरूलाई यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् । लूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गर्दै एमसीसी परियोजना छिटो अनुमोदन गर्न दबाब दिएका थिए ।



भीम रावलले ट्विटरमा लेखेका छन्, ‘शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान’ मा धम्की ?!’

भीम रावलको ट्विट

भीम रावलको ट्विट

सम्बन्धित समाचार