नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

गृहमन्त्री बालकृष्ण खाणसँग डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेताबीच भेटघाट भएको छ । गृहमन्त्रालयमा जनमतका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग भेटघाट गरेका हुन् ।
भेटमा शान्तिपूर्णरूपमा रूपमा गरिएको आन्दोलनमा कार्यकर्ता गिरफ्तार गरिएको भन्दै जनमतका नेताहरूले उनीहरूको रिहाइ र मुद्दा फिर्ताको माग गरे ।
गृहमन्त्री खाणले आफूले यथार्थ बुझ्ने बताएका छन् । किसानसँगको सरोकारका विषयमा जनमत पार्टी आन्दोलित छ । आफ्ना माग पूरा नभए स्थानीय निर्वाचन विथोल्ने चेतावनी जनमत पार्टीले दिने गरेको छ ।

