सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे अस्पतालले दियो यस्तो जानकारी

वाङमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। किष्ट मेडिकल कलेज काठमाडौंमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘गत माघ २५ गतेदेखि यस शिक्षण अस्पतालमा भर्ना भई उपचार गरिरहनुभएका वाङमय शताब्दी पुरुष जोशीज्यूलाई पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको छ।’



विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जनाएको छ। समग्रमा उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको अस्पतालले जानकारी दियो ।

सम्बन्धित समाचार