आज यी स्थानमा आंशिक देखि सामान्य बदली रहने

देशमा वायूको सामान्य प्रभाव रहेको कारण हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। ।



यसैगरी राति पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको तराई भू-भागका केही स्थानमा हुसु/कुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार