नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

नेकपा एमालेले १४ एमाले सांसदहरुविरुद्ध दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको छ । एमालेले सभामुख अग्नि सापकोटाले कारबाही गरेका १४ एमाले सांसदहरुको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको थियो ।
उक्त दर्ता गरेको रिट निवेदनको पेसी आजको लागि तोकिएको हाे । अदालत खुलेसँगै एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको छ । गत भदौ १० गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त गर्न माग गर्दै सभामुख सापकोटाले यस विषयमा गम्भीर नभएको भन्दै एमालेले अदालत जाने निर्णय गरेको थियो ।
एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको दुई मुद्दा एकसाथ पेसीमा चढेको हो ।

