नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

भोलि (सोमबार) का लागि तय भएको प्रतिनिधिसभाको बैठक दुई दिन पर सरेको छ । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते दिउँसो १ बजेको लागि तय भएको हो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिएका छन् ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक सरेकोबारे औपचारिक जानकारी दिइसकेको छ । फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख छ ।
नेकपा(एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिएका थिए ।
सूचना :

