मेरिल्याण्डमा ‘ब्लड डोनर्स अफ अमेरिका’ गठन

 

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा हालै नौ पदस्यीय ‘ब्लड डोनर्स अफ अमेरिका’ (बीडीए) मेरिल्याण्ड शाखा गठन भएको छ । सुशील पंगेनीको संयोजकत्वमा गठन भएको कमिटीमा सह–संयोजकमा किरण पण्डित, महासचिवमा तारा खराल न्यौपाने, सचिवमा रीना केसी गौतम, कोषाध्यक्षमा इन्दिरा आचार्य ज्ञवाली, आइटी डाइरेक्टरमा सन्तोष पौडेल र सदस्यहरूमा क्रमशः क्षितिज घिमिरे, सौरभ भट्ट र वसन्त घिमिरे रहेका छन् ।



यस्तै पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिमा बालानन्द भण्डारी, केमिका भण्डारी, देवव्रत शर्मा, सुवोधविलास पन्त र किरण ढकाल्ऽ रहेका छन् ।

संस्थाले अमेरिकन रेडक्रस र विभिन्न संघ–संस्थाहरूसँगको सहकार्यमा नियमित रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार