नवकान्तिपुर संवाददाता
काठमाडौं, २ फागुन ।

सभामुख अग्निप्रसाद सापकोटालेले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । आज (सोमबार)को लागि सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने निर्णय गरेको हो ।
महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले आज दिउँसो २ बजेको लागि सर्वदलीय बैठक बोलाएका हुन् । त्यस्तै गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए ।
बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

