मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, बागमती गाउँपालिका-७ खुर्मी गिम्दीस्थित बागमती खोलाको हिमपाईपमा सोही गाउँपालिका-६ आश्रङ बेशी बस्ने ७२ वर्षीया पानमाया बम्जन आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै गोरखा, बारपाक सुलिकोट गाउँपालिका-१ तिम्रा भन्ने स्थानमा सोही गाउँपालिका- २ बारपाक घर भएका १६ वर्षीय करन घले र सोही गाउँपालिका-१ बारपाक घर भएका १६ वर्षीय संजय घले आइतबार मृत अवस्थामा फेला परेका छन् । गत माघ २० गते धार्चे गाउँपालिका-४ लाप्राकतर्फ हिउँ खेल्न भनि गएका उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा दुवै जनाको शव फेला परेको हो ।



त्यसैगरी दाङ, गढवा गाउँपालिका-५ चिसापानीस्थित सडक नजिकै भारत सिर्सिया बिसम्भरपुर ग्राम बस्ने ४० वर्षीय अल्खे गौतम शनिबार मृत अवस्थामा फेला परेका छन् । सिर्सियाबाट गढवातर्फ विवाहमा आउँदै गरेको युपि ४६ टि २८३७ नम्बरको बस गत माघ २८ गते ब्रेक फेल भइ सडक छेउमा पल्टिएर दुर्घटना हुँदा सोही बसबाट उछिट्टिएर उनको मृत्यु भएको हुनसक्ने बुझिएको छ ।

यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका-३ स्थित सडकबाट करिब १ सय ५० मिटर तल झाडीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार