नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य १२०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहेकोमा सोमबार रु ९५ हजार ५०० हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० रहेकामा सोमबार प्रतितोला रु ९५ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै १ हजार ३२० माकारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ३०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।