नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

लामो समयदेखि अन्तर्राष्टिय लोक सांस्कृतिक मेलाको आयोजना गर्दै वा सहभागी हुँदै आएको एभरेष्ट नेपाल कल्चरले ग्रुप यस पटक भर्चुअल माध्यमद्धारा अन्तर्राष्टिय लोक सांस्कृतिक मेलाको आयोजना गर्दै छ । यही फाल्गुणको २१ र २२ गते ‘पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार’ भन्ने नाराका साथ हुनगइरहेको ११औं अन्तर्राष्टिय लोक सांस्कृतिक मेलाको सन्दर्भलाई जोडेर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले एक विज्ञप्ति प्रकाशन गर्दै कोभिडको कहरका कारण भर्चुअल माध्यमद्धारा हुन गइरहेको यस सांस्कृतिक मेलालाई भव्यताका रूपमा सफल बनाउन सबै पक्षसँग अनुरोध गरेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ– एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशकयता नेपालले आप्mनो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रूपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।
नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आआफ्नै भाषा र संस्कृतिहरू रहदै आएको सर्वविदीतै छ । नेपाली संस्कृतिप्रति स्वदेशीभन्दा विदेशीहरू बढी आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफनो पहिचान र मैिलकता बोकेका संस्कृतिप्रति स्वयं नेपाली उदासिन हुनु दुःखलाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो । यसको लागी यस संस्थाले ‘पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका साथै अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला २०७५ आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई वर्षमा आयोजना निरन्तरता दिदै यस संस्थाले २०७६ मा पर्यटन वर्ष २०२० सफल पार्न दशौैंं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिसकेको छ ।
प्रथम अन्तर्राष्टिय लोक सांँस्कृतिक मेलादेखि दशौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलासम्म आइपुग्दा करिब ५५ भन्दा बढी देशका ५५०० भन्दा बढी कलाकारहरूले आ–आफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । आजका दिनसम्म आइपुग्दा यस संस्थाले विश्वको १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रममार्फत नेपाली लोक संस्कृतिको पहिचान र प्रवद्र्धन गराउदै आएको छ ।
नेपाली संस्कृित उत्थान तथा सांस्कृितक प्रर्यटन प्रवद्र्धनको आफ्नो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको जानकारी गराउन चाहन्छौं । राष्ट्रिय गरिमा बोकेका यस्ता कार्यक्रममा नेपाली संस्कृतिको जगेर्ना गर्न गठित निकायहरूको नैतिक दायित्व हुनुपर्ने हाम्रो बुझाई रहेको छ । तर त्यस्ता कुनै निकायहरूको चाखलाग्दो सहयोग र सहभागीता नभएकाले यस संस्थाले स्थानीय आयोजकहरू र विभिन्न प्रायोजकहरूको सहयोगबाटै हालसम्म दशवटा मेलाको सफलतापूर्वक आयोजना गर्दै आज हामी एघारौं अन्तर्राष्ट्रिय लोक ंसांस्कृतिक मेला २०७८ भर्चुवल माध्यममार्फत सफलताका साथ सम्पन्न गराउन गइरहेका छौं ।
कोभिडको कारणले प्रत्यक्ष सहभागिता सम्भव नहुने भएकोले यही फागुन २१ र २२ गतेका दिन भर्चुअलमार्फत गरिने एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभीया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरू, फिलिपिन्स, पोल्यान्ड, पार्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपाल सहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहहरूले भाग लिने निश्चित भैसकेको व्यहोरा अवगत गराउन चाहान्छु ।
अन्त्यमा, यस मेलाको तयारीका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने साथै सहकार्य गर्ने मिडिया एवं पत्रकार साथीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, स्वंयसेवक सदस्यहरू साथैे सम्पूर्ण शुभचिन्तकहरूप्रति एभरेष्ट नेपाल कल्चरल गु्रप हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछ ।
